दफा २८
व्यवस्थापन सूचना प्रणालीमा पहुँच विधि र प्रक्रिया
(१) ऐनको दफा १८ को उपदफा (२) बमोजिम राष्ट्रिय तथ्याङ्क प्रणालीमा आबद्ध अन्य निकायको व्यवस्थापन सूचना प्रणालीमा सम्बन्धित निकायसँग समन्वय गरी कार्यालयको पहुँच कायम गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम व्यवस्थापन सूचना प्रणालीको पहुँचबाट प्राप्त भएको तथ्याङ्कलाई कार्यालयले प्रशोधन, विश्लेषण र प्रकाशन गर्न सक्नेछ र यसरी प्रशोधन, विश्लेषण र प्रकाशन गरेको जानकारी सम्बन्धित निकायलाई दिनु पर्नेछ।
(३) उपनियम (१) बमोजिम कार्यालयले व्यवस्थापन सूचना प्रणालीमा पहुँच कायम गर्दा देहायको प्रक्रिया अवलम्बन. गर्नु पर्नेछ:-
(क) व्यवस्थापन सूचना प्रणाली सञ्चालन गर्ने निकायसँग आवश्यकताको /पहिचान तथा तथ्याङ्क वा सूचना आदानप्रदानको विधिबारे समझदारी कायम गर्ने,
(ख) तथ्याङ्क साझेदारी र प्रयोगको लागि प्लेटफर्मको सुरक्षा जोखिम विश्लेषण, नेटवर्क जडान, तथ्याङ्क प्रमाणीकरण, व्यक्तिगत गोपनीयता कायम, सञ्चालनको लागि अधिकारप्राप्त व्यक्ति, आदानप्रदान व्यवस्था (गेटवे) तथा पोर्टलको: बिकास आदिको व्यवस्थापन गर्ने,
(ग) व्यवस्थापन..सूचना प्रणालीमा पहुँच दिने निकायले उपलब्ध गराउने तथ्याङ्क वा विवरण एकिन गरी सोको डाटा कोड (डाटा डिक्सनरी) कार्यालयलाई उपलब्ध गराउने,
(घ) . व्यवस्थापन सूचना प्रणालीमा पहुँच दिने निकायले कार्यालयसँगको समझदारीमा विधमान एप्लिकेसनबाट डाटा ट्रान्सफर गर्न र कार्यालयले सो प्रणालीबाट सूचना वा विवरण प्राप्त गर्न एप्लिकेसन प्रोग्रामिङ इन्टरफेसमार्फत सेवा विकास गर्ने।
(४) व्यवस्थापन सूचना प्रणालीमा पहुँच दिने निकायले सो प्रणालीमा रहेका विवरणलाई अच्चावधिक वा परिमार्जन गर्दा कार्यालयसँग समन्वय गरी गर्नु पर्नेछ।
(५) व्यवस्थापन सूचना प्रणालीमा पहुँच दिने निकायले कार्यालयको सहमति विना त्यस्तो एप्लिकेसन बन्द गर्न हुँदैन।